सन्दीपलाई विदेश लैजान  क्यानले राखेपलाई पठायो पत्र

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४४ दिन अगाडि
सन्दीपलाई विदेश लैजान  क्यानले राखेपलाई पठायो  पत्र

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाना राष्ट्रिय खेलकुद परिषद् राखेप मा पत्र पठाएको छ ।

क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए l 

हामीले राखेपमा सन्दीपलाई विदेश लैजानका लागि पत्राचार गरेका छौं । खेलकुदको मुख्य निकाय भनेको राखेप हो, अब राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुनसक्छ बाँकी कुरा अहिले खुलाउन मिल्दैन,’ दाशले भने ।

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।