राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कांग्रेससँग छलफल गर्न यादव देउवा निवास धुम्बाराहीमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५६ दिन अगाडि
राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कांग्रेससँग छलफल गर्न यादव देउवा निवास धुम्बाराहीमा

काठमाडौँ - जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कांग्रेससँग छलफल गर्न यादव देउवा निवास धुम्बाराही पुगेका हुन् ।

छलफलमा कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगन थापा ,वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् ।