केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज देखि सुरु हुँदै

पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४३ दिन अगाडि
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज देखि सुरु हुँदै

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज (बिहीबार) देखि सुरु हुँदैछ। च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ। उद्घाटनअघि सांस्कृतिक कार्यक्रम हुनेछ।

प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

विभागततर्फ उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन्। 

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ।