काठमाडौँ - प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरु छलफलमा जुटेको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन् । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा उनीहरुबीच छलफल भइरहेको बुझिएको छ ।
बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । हिजो साझ कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । आज साँझसम्म कांग्रेस र माओवादी केन्द्रबीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । यस्तका लागि प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छलफल भइरहेको स्रोतको भनाइ छ ।