आज कुमारी बैंकको २७ लाख ५५ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
आज  कुमारी बैंकको २७ लाख ५५ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

काठमाडौं - आज (फागुन ११ गते) कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कुमारी बैंकले माघ २६ गतेसाविकको एनसीसीको बैंकको नाममा रहेको यो सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम १३८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन फागुन १४ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।