माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६६ दिन अगाडि
माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति

काठमाडौं - बिहिबार नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहसँग छलफल गरेका थिए । सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रधानमन्त्रीले पनि म त एकदमै सहमत छु, कांग्रेससँग पनि कुरा गरौं भन्नुभएको छ,’ एक नेताले भने ।

कांग्रेससँग साँझ ६ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ५ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।