नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५५ दिन अगाडि
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलबीच भेटवार्ता

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

श्रोतले काठमाडौंमै भएको भेटमा नेपालले नेकपा ब्युताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताएको जनाएको छ । 

सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार नेकपा विघटन भएर २ पार्टी पहिल्यैकै रुपमा फर्केका थिए ।

त्यसपछि नेकपा एमालेबाट अलग भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।