राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आह्वान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६६ दिन अगाडि
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ ।

राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक आह्वान भएको हो । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजेका लागि बैठक तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा राष्ट्रपति निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गरिने बताउँदै श्रेष्ठले पार्टीको आगामी रणनीतिबारे पनि  आवश्यक निर्णय हुने बताएका छन् ।