‘द भ्वाइस किड्स नेपाल सिजन २’ फागुन २६ गतेदेखि प्रसारणमा आउने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६३ दिन अगाडि
‘द भ्वाइस किड्स नेपाल सिजन २’ फागुन २६ गतेदेखि प्रसारणमा आउने

काठमाडौं - रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ फागुन २६ गतेदेखि प्रसारण हुने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी दिइयो । यो कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ । निर्देशक लक्ष्मण पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने जनाइएको छ ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।यसपटक भ्वाइसको टिमले कोचमा केही परिवर्तन गरेको छ । टिममा युवापुस्तामाझ चर्चित गायक सुशान्त केसी नयाँ कोचका रुपमा भित्रिएका छन् । अघिल्ला सिजनका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार सिजन २ मा निरन्तर हुनेछन् ।