काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग नेकपा ब्युँत्याएर जान सकिने बताएका छन् ।
सिंहदरबारमा दुुई नेताहरुवीच भएको छलफलमा प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार प्रधामन्त्री प्रचण्डले ‘नेकपा ब्युँत्याएर जाऔं, तपाई राष्ट्रपति हुनुहोस्, म प्रधानमन्त्री छँदैछु, पछि केपीजी प्रधानमन्त्री हुनुहुन्छ’ भनेका थिए । प्रचण्डको उक्त प्रस्तावको विषयमा माधव नेपाल पनि सकरात्मक रहेको बताए थिए ।
उक्त सन्देश अध्यक्ष नेपालले एमालेका नेताहरुलाई पनि पुयाईसकेका छन् । पुरानो चुनावी पाँच दलीय गठबन्धन ब्युँत्याउने कुरा कांग्रेसको चाहना रहेको नेताहरुको भनाइ छ । त्यसबारे औपचारिक सहमतिमा भने उनीहरु पुगेका छैनन् । त्यहीबीचमा नेकपा ब्युँत्याउने कुरा छलफलमा आएको हो ।
सिंहदरबारमा भएको छलफलमा प्रचण्डले ओलीको विषयमा नकरात्मक कुरा नगरेको पनि स्रोतको भनाइ छ । राष्ट्रपतिको विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक भोली बस्दैछ । नेकपा एसले माधव नेपाललाई राष्ट्रपति बनाउने निर्णय गरे एमालेले पनि निर्णय लिने एमाले स्रोतको भनाइ छ ।