काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा चौकीदार राख्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५५ दिन अगाडि
काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा चौकीदार राख्ने

काठमाडौं - काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा चौकीदार राख्ने भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेपाल प्रहरी र महानगरपालिका बीच सरकारी स्तरमै सम्झौता गरेर चौकीदार राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।बिहीबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकमा समेत उक्त विषय छलफल भएको छ ।

सम्झौता अनुसार नेपाल प्रहरीले कामको आधारमा उमेर समूह, कार्यदक्षता लगायत मापदण्ड तोकेर चौकीदार पठाउनेबारे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कार्यपालिका बैठकमा जानकारी गराएका थिए ।

कम्तीमा दुई वटा निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेका महानगरवासीलाई चौकीदारका लागि योग्य हुने मापदण्ड निर्धारण हुने उनले बताए । यस विषयमा मेयर बालेन्द्र (बालेन) साले समेत सहमति जनाएका छन् ।