जन्ममितिमा गडबड देखिएका डिआइजी अशोक सिंहको राजीनामा स्वीकृत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
जन्ममितिमा गडबड देखिएका डिआइजी अशोक सिंहको राजीनामा स्वीकृत

काठमाडाैं- नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ ।

गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको राजीनामा स्वीकृत गरेकाे  गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए ।

राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ ।

सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए । जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । 

उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । नेपाल प्रहरीले पनि उहाँको जन्ममितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो । उहाँले राजीनामापत्रमा घरायसी कारण उल्लेख गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।