हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार आज बाट सुरु

चुक्ता पुँजी २३ अर्ब ८ करोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार आज बाट सुरु

काठमाडौं- हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु हुने भएको छ। 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। 

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको चुक्ता पुँजी २३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी कूल पुँजी ३४ अर्ब रुपैयाँ पुग्दै छ। 

त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कूल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ। सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा १८९ वटा भएको छ।