चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६२ दिन अगाडि
चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित

काठमाडौँ । चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

बिहीबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए ।

त्यस्तै युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचि भए । अध्यक्षको रूपमा निर्वाचित भएपछि अध्यक्ष लामाले फिल्म प्राविधिकलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेन्डा रहेको बताए । उनले आगामी कार्यकालमा नेफ्टाको आफ्नै भवन निर्माण गर्ने योजना समेत रहेको सुनाए । लामाकै नेतृत्वमा आगामी जेठ १३ गते अमेरिकी संस्करणको नेफ्टा फिल्म अवार्ड समेत आयोजना हुँदैछ । यसमार्फत फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उनको योजना छ ।