काठमाडौंँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशन आजबाट धादिङमा सुरु हुँदैछ ।
सदरमुकाम धादिङ बेँसीमा हुने महाधिवेशनको दिउँसो ३ बजे औपचारिक समुद्घाटन हुनेछ।१२ बजेबाट र्याली सुरु हुने र ३ बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाट्न गर्ने प्रतिष्ठानले जनाएको छ । आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै १४ गते महाधिवेशन सकिनेछ । २६ हजार जना बढी आबद्ध प्रतिष्ठानको महाधिवेशनमा १ हजार बढी प्रतिनिधि सहभागी छन् ।