बलात्कार आरोपमा युवक पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६५ दिन अगाडि
बलात्कार आरोपमा युवक पक्राउ

झापा । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा झापाको कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली पक्राउ परेका छन् ।

अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।