हिमपात नहुँदा बझाङमा भोकमरीको जोखिम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६५ दिन अगाडि
हिमपात नहुँदा बझाङमा भोकमरीको जोखिम

बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउन्।

मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उनलाई निकै सताउन थालेको छ । 
जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । “यो समयमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गराहरू गहुँमय हुन्थे । तोरी पनि रहरलाग्दो हुन्थ्यो । यस वर्ष भने खराप समय भयो ।”
सुर्मामा एकपटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेशा (खाद्यान्न) गर्नु पर्दैथ्यो । “हाम्रो ठाउँ हिमाल भए पनि राम्रो उब्जनी हुन्थ्यो”, उनी भन्छन् ,।, “बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ । हिउँदमा भने आकाशकै भर पर्नुपर्छ । मङ्सिरको महिनादेखि आकाश हेर्न लागेका हौँ । आजसम्म न पानी, न हिउँ परेको छ ।”
सदाबहार हरियाली भइरहने रूखहरू पनि सुक्न थालेको छ । “हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहा¥यौँ । बिहान बेलुकाको पूजामा हिउँकै बर माग्यौँ उनी भन्छन् ।  गत महिना हिमपात भयो तर सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन । पानी पनि प¥यो तर, जमिनको धुलो पनि नमरेको उनको भनाइ छ । फागुनको दोस्रो सातासम्म पनि पानी नपरेपछि खडेरीले यस वर्षको हिउँदे बाली राम्रो नहुने बताउँदै उनी भन्छन, “उम्रेको बाली पनि सबै सुकिसक्यो । अब  हिमपात भए वनस्पतिका लागि मात्रै काम लाग्छ ।” ९रासस०