हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६५ दिन अगाडि
हात्ती नियन्त्रण गर्न सांसद बर्तौलाको माग

 काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले मकवानपुरको मनहरीमा यमगज नामको हात्तीले स्थानीयलाई दुख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त हात्ती नियन्त्रण गर्न माग गरेका हुन् । सांसद बर्तौलाका अनुसार उक्त हात्तीको आक्रमणबाट मनहरीका ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको छ । हात्तीले स्थानीय बालीमा नोक्सानी पुर्‍याउँदै आएको छ । हात्तीको आक्रमणमा पर्ने डरमा विद्यार्थीहरु विद्यालय जान सकिरहेका छैनन् । तर, राष्ट्रिय निकुञ्ज र वनका कर्मचारीहरुले हात्री नियन्त्रणका लागि प्रयाप्त भूमिका निर्वाह नगरेको सांसद बर्तौला बताउँछन् । अविलम्बन हात्ती नियन्त्रण गर्न र मृतकलाई क्षेतिपुर्तिको माग गर्दछु’ बर्तौलाले प्रतिनिधिसभाको बैठकमा भनेका छन् ।