सभामुख घिमिरेले संसद‍्मा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
सभामुख घिमिरेले संसद‍्मा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौँ - सभामुख देवराज घिमिरेले संसद‍्मा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयहरूको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए । सांसदहरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसद‍्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन निर्देशन गरेका हुन् । 

संसद‍्मा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।