काठमाडौं -ताप्लेजुङ्ग बाट आएर काठमाण्डौमा बसोबास गर्ने ताप्लेजुङ्गेहरुको साझा संस्था ताप्लेजुङ्ग सरोकार केन्द्र द्वारा फाल्गुन १३ गते भक्तपुरको गुण्डु स्थित मन्थली डाँडा मा ११औ बनभोज कार्यक्रम आयोजना गरिएको छ।
सम्भवत देशकै ठुलो यो वनभोज कार्यक्रम जिल्लाबासीहरुको भेटघाट,चिनजान र सामाजिक सद्भाव र एकता कायम राख्ने उदेश्यले आयोजना गरिएको ताप्लेजुङ्ग सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिए। केन्द्रले कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमितिहरु बनाएर कामको बाडफाड गरी सोहि अनुसार कार्य गर्दा सहज भएको र आज सम्ममा पूर्ण रुपमा कार्यक्रमको तयारी गरिसकिएको अध्यक्ष श्रेष्ठले बताए।
ताप्लेजुङ्ग सरोकार केन्द्रका पुर्व अध्यक्ष चित्रगुप्त साँबाले यो बृहत बनभोज कार्यक्रम मात्र नभई केन्द्रले गरेका सामाजिक कर्महरु अरु जिल्लाहरुका लागि उदाहरण बनेको पनि बताए। विभिन्न प्राकृतिक बिपत्ति,कोरना संक्रमण अबस्था, जिल्लामा घटेका विभिन्न घटनाक्रमहरु,अस्पतालमा बेसहारा भएर बसेका बिरामीहरुलाई अस्पतालमा गएर मलमपट्टी लगाउने काम लगायतका बिषयमा केन्द्र सधै अग्रपंतिमा रहेको पनि सावाँले बताए।
यो बनभोज कार्यक्रम मात्र चिनजान,भेटघाट र जिल्लाबासीलाई एकीकृत गराउन राखिएको बताउदै सम्पूर्ण काठमाण्डौमा रहने जिल्लाबासी, उपत्यका बाहिर रहनु हुने जिल्लाबासी साथै ताप्लेजुङ्गलाई माया गर्ने शुभचिन्तक सम्पूर्णमा निमन्त्रणा गर्दै कार्यक्रममा सरिक भइदिन सरोकार केन्द्रले आह्वान गरेको छ। ख्याति प्राप्त कलाकारहरुको पनि प्रस्तुति समेत रहने बनभोज कार्यक्रममा सरिक हुन सहज होस् भन्ने उदेश्यले काठमाण्डौका विभिन्न क्षेत्र बाट यातायातको व्यबस्थापन पनि केन्द्रले गरेको छ।
वनभोज कार्यक्रम लाई बिशेषत भेटघाट,चिनजान ,खुसि साटासाट,माया आदानप्रदान साथै सामाजिक सद्भाव कायम राख्ने उदेश्यले आयोजना गरिन्छ।

