मलाई कोर्स करेक्सन गर्न बाध्य बनाइयो : प्रचण्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४२ दिन अगाडि
मलाई कोर्स करेक्सन गर्न बाध्य बनाइयो : प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले आज बालुवाटर बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । उनले सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत गरे ।

बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र महतोका अनुसार प्रचण्डले बैठकमा ओलीसँग आज भएको लामो भेटवार्ताको व्रिफिङ गरेका थिए । उक्त भेटवार्तामा ओलीले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने अडान लिएको प्रचण्डले बताए ।

‘एमालेलाई राष्ट्रपति नदिए पुस १० को सहमति भंग हुन्छ, हामी आफ्नो ढंगले अघि बढ्नेछौं,’ ओलीको भनाइ उधृत गर्दै प्रचण्डले वैठकमा भनेका थिए ।

महतोले सञ्चारकमीृसँग भने, ‘प्रचण्डको व्रिफिङ सुन्दा एमाले सरकारबाट बाहिरिने छाँटकाँट देखियो ।’

प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको आठ दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सरकारमा आउन प्रचण्डले प्रस्ताव राखेपछि आठ दल खुशी भएका छन् ।