काठमाडाैं- नेकपा (एमाले)को सचिवालय बैठक आज शनिबार बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बिहान बैठक बस्दै छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदै छ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ ।
राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको हो ।