मलाई राजीनामा दिन लाउन खोज्दैछन्: बालेन साह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६४ दिन अगाडि
मलाई राजीनामा दिन लाउन खोज्दैछन्: बालेन साह

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आफूमाथि राजीनामा दिन लगाउनका लागि दवाव परेको बताएका छन् ।

उनले शनिबार दिउँसाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताएका हुन् । उनले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खाेजिएकाे समेत बताए ।

यस्ताे खालकाे चलखेलले यो देश कहिलै पनि नबन्ने उनकाे तर्क छ । उनले कसले राजीनामा दिन लाउँदै छ भन्ने बारेमा भने केही खुलाएका छैनन् ।