काठमाडाैं- ताप्लेजुङ्ग सराेकार केन्द्र काठमाडाैंकाे आयाेजनामा भक्तपुरकाे गुण्डु (मन्थलि चाैर)मा वनभाेजकाे आयाेजना भएकाे छ ।
शनिवार आयाेजित वनभाेजमा ताप्लेजुङ्ग घर भई काठमाडाैंलाई कर्मथलाे बनाएका ताप्लेजुङ्गबासीहरुकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, ताप्लेजुङ्गका प्रतिनिधसभा सदस्य याेगेश कुमार भट्टराई,एमाले नेता महेश बस्नेत लगायत ताप्लेजुङ्गबासीहरुकाे बृहत उपस्थिती थियाे ।





