राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५२ दिन अगाडि
राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं -संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो एक बजेर एक मिनेटमा बस्नेछ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूचीपनि छ ।