चार महिनापछि काठमाडौंमा पहिलो हिउँदे वर्षा (तस्बिरसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६३ दिन अगाडि
चार महिनापछि काठमाडौंमा पहिलो हिउँदे वर्षा (तस्बिरसहित)

काठमाडौं - काठमाडौं उपत्यकालगायत देशका केही भागमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित वर्षात् भएको हो ।

गण्डकी प्रदेशका अधिकांश भाग, वागमती प्रदेशका केही स्थान र प्रदेश १ मा फाटफुट पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

दिउँसो एक्कासी परेको पानीका कारण जनजीवन प्रभावितसमेत बनेको छ । पोखराका केही ठाउँमा त असिनापानीसमेत आएको छ ।


‘राति क्रमश: मौसम सुधार हुँदै जाने देखिएको छ । भोलि पनि मेघ गर्जन, चट्याङसहित पानी पर्ने सम्भावना देखिन्छ’, उनले जानकारी दिए ।सामान्यतया मार्चदेखि प्रिमनसुन सुरू हुने भएकाले पश्चिमी वायुको प्रभाव रहेको अधिकारीले बताए ।