आप्रवासी कामदार बोकेको डुङ्गा डुबेर कम्तीमा २७ को मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३४० दिन अगाडि
आप्रवासी कामदार बोकेको डुङ्गा डुबेर कम्तीमा २७ को मृत्यु

एजेन्सी - इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा डुबेको छ ।

यसमा ठूलो संख्यामा मानिसको ज्यान जाने सम्भावना छ । इटालीबाट आएको मिडिया रिपोर्टले घटनामा मारिएका कम्तीमा २७ जनाको शव निकालिएको जनाएको छ ।

यसमा क्यालाब्रियाको क्रोटोन शहरको समुद्री तटबाट बरामद गरिएका शवहरू समावेश छन् ।त्यहाँ प्रशासनले खोजी तथा उद्धार कार्य गरिरहेको छ । एक स्थानीय समाचार एजेन्सीले आफ्नो रिपोर्टमा आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ । घटनाको विवरण आउन बाँकी छ ।