पल शाहले सफाइ पाउदा अभिनेत्री पूजा शर्मा फुरुक्क, भनिन् – ‘धन्य भगवान’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६० दिन अगाडि
पल शाहले सफाइ पाउदा अभिनेत्री पूजा शर्मा फुरुक्क, भनिन् – ‘धन्य भगवान’

काठमाडाैं- अभिनेता पल शाहले पोखरा उच्च अदालतबाट सफाइ पाएका छन् । शाहले सफाइपाएसँगै केहि सेलेब्रिटीले खुसी पोखेका छन् । 

यस क्रममा अभिनेत्री पूजा शर्माले खुसी ब्यक्त गर्दै फेसबुक स्टाटस नै लेखेकी छन् । उनले लेखेकी छिन् ः ‘आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सन्दर भएर  आयो । धन्य भगवान।’

नावालिग बलात्करकाे मुद्दा खेपिरहेका शाहका बारेमा नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पोखराले  सफाइ दिने फैसला सुनाएको छ । 

यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिएको थियो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका थिए । 

तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन पाएका थिएनन् । अब भने शाह थुनामुक्त हुनेछन् । नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । 

एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि अनुसन्धान गरेर तनहुँ प्रहरीले २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएको दुई दिनपछि २०७८ चैत १० गतेको आदेशबाट उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन’ भन्दै पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।