काठमाडौँ -अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार रिहा भएका छन् ।
जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका थिए । एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।
जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन दिएका थिए । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो । उनी एक वर्षदेखि तनहुँ कारागारमा थिए । पललाई लिन उनका कानुन व्यवसायी, बहिनी रोशनी शाह र केही साथी कारागार भित्नै गएका थिए । उनीहरूले खादा, माला र अबिर लगाएर पलको स्वागत गरेका छन् । पललाई समर्थकले पनि फूलमाला र अबिरले स्वागत गरेका छन् ।