काठमाडौं -अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने,‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए ।