निर्वाचनका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई १०/१० लाख क्षतिपूर्ति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
निर्वाचनका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई १०/१० लाख क्षतिपूर्ति

काठमाडौं - प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख रुपयाँ क्षतिपूर्ति दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार २१ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार उनीहरुलाई क्षतिपूर्ति दिइएको छ । मतदानको क्रममा भएको झडपमा परी मृत्यु भएका सञ्जिव ऐडी र चेतनदीप ऐडीको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ आर्थिक सहायता दिइएको हो ।