चलचित्र ‘बहाव’को अफिसिय ट्रेलर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
चलचित्र ‘बहाव’को अफिसिय ट्रेलर सार्वजनिक

काठमाडौँ - अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को अफिसिय ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानी काठमाडौँमा एक कार्यक्रमाका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको चलचित्रको ट्रेलरमा अभिनेत्री सुरक्षाले आफ्नो घर परिवार संग गर्न खोजेको बिद्रोहलाई देखाउन खोजिएको छ ।

निर्देशक कँडेलले ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए । उनले सुरक्षामार्फत चलचित्रको थिमलाई प्रस्तुत गरिएको खुलाए । चलचित्रका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वन्त्रता आफैमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको जनाए । चलचित्रमा सुरक्षा र कमलमणि नेपाल संगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको चलचित्रमा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।