काठमाडौँ- गायक अमित बराल र सलिना बिकको स्वर रहेको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक भएको छ ।
उज्वल सागरको शब्द तथा संगीत रहेको गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् । गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा सुशिला चौधरी, विकाश चौधरी, सम्रान्त थापा, सुरज तमु, मिलन खड्का, रामप्रसाद घिमिरे, कविता घिमिरे, सुविका घिमिरे, बिदुर घिमिरे लगायतको अभिनय रहेको छ । केर कोइन्च लिनचको निर्देशन रहेको भिडियोमा योगेश दाहालको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । भिडियोले एउटा परिवारको प्रेमकथा देखाउन खोजेको छ ।