१४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
१४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा

काठमाडौं - १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कालो सूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुन: सूचना जारी गरेको छ ।

सूचनामा सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।