प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो । शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए । 

उनको उच्च विशेषज्ञता इन्टरनल मेडिसिन र पेट तथा कलेजो विषयमा भएको हो ।