जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई  प्रहरीले पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई  प्रहरीले पक्राउ

काठमाडौँ - काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा सोमबार साँझ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।