मलेसिया ७२ रनमै अलआउट नेपाललाई सहज लक्ष्य, 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
मलेसिया ७२ रनमै अलआउट नेपाललाई सहज लक्ष्य, 

 काठमाडौँ - दुई स्पिनरले घातक बलिङ गरेपछि नेपालले आईसीसी यु(१९ विश्वकप एसिया छनोटमा मलेसियालाई ७२ रनमै रोक्न सफल भएको छ।    

यूएईस्थित मलेका क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया ३५ दशमलव ३ ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रनमा सीमित भयोदीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए। यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए।

मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।