काठमाडौँ - राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा १०० जना न्यायाधीश थप गर्न माग गरेका छन् ।
जस्तोसुकै मुद्दालाई पनि दुई वर्षभित्र छिनोफानो गर्ने वातावरण मिलाउन प्रसाईँले मंगलबार अभियानको नाममा पत्रकार सम्मेलन गर्दै माग गरेका हुन् ।
यस्तै उनले जेल परेका कैदीबन्दीलाई उच्च्स्तरीय आयोग गठन गरी छानबिन गरी जेलमुक्त गराई बाँकी बन्दीहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने माग गरेका छन् ।