काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले केन्द्रीय समिति गठन गरेको छ ।
पार्टी गठन भएको डेढ वर्षपछि मात्र लोसपाले केन्द्रीय समिति सदस्यको नामावली तयार गरी त्यसलाई आज अन्तिम रूप दिएको हो । बबरमहलस्थित केन्द्रीय कार्यालयमा जारी शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समितिको बारेमा छलफल भइरहेको छ ।
आज त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने स्रोतले जनाएको छ । आम चुनाव सकिएलगतै केन्द्रीय समिति गठनको तयारीमा पार्टी लागेको थियो । जिल्ला–जिल्लाबाट नामावली संकलन गरी २१६ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो ।