आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

आजको मूल्य तोक्दै महासङ्घले हिजोकै दरमा कारोबार हुने जनाएको हो ।  

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।