तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत फेला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत फेला

काठमाडौँ - तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत भेटिएका छन् ।

आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे मर्स्याङ्दी नदीमा मृत अवस्थामा भेटिएका हुन् । घिमिरे फागुन १२ बाट सम्पर्क विहीन भएको र खोजतलास गर्दा मस्र्याङ्दीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए । 

मंगलबार सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । प्रहरीले उनको खोजतलासका लागी तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरेको थियो ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर टोलीले पानीबाट शव निकालेर पोष्टमार्टमका लागी स्थानीय प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । डिएसपी थापाका अनुसार झोलुंगे पुल मुनि शव भेटिएको थियो ।