काठमाडौँ - बलात्कार आरोपमा सफाइ पाएपछि छुटेका अभिनेता पल शाहको स्वागत गर्न गायक राजेश पायल राई पुगेका छन् l
उनी मंगलवार काठमाडौँ आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका हुन् ।
सो क्रममा गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरुमा अभिनय गरेर अघि बढ्न सुझाव दिए । उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न सुझाव दिए ।
सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौँ आएका हुन् । काठमाडौँ आउने क्रममा फ्यान र सिने पत्रकारहरुले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो ।