राष्ट्रपति र प्रतिनिधि सभाका सभामुखबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
राष्ट्रपति र प्रतिनिधि सभाका सभामुखबीच भेटवार्ता

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । 

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका थिए । 

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दैछन् । 

आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।