काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र अर्जुन साउद ‘दी हन्ड्रेड’ क्रिकेट लिगको ड्राफ्टमा परेका छन् ।
नेपालबाट दी हन्ड्रेडको दुई खेलाडी मात्र परेका हुन् । दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका छन् ।
सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् । पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो ।
गतवर्ष सन्दीपलाई ड्राफ्टमा अनुबन्ध गर्न कुनैपनि टोलीले रुचि देखाएका थिएनन्। सन्दीपले अक्सनमा ६० हजार पाउन्ड स्ट्रर्लिङ मूल्य तोकेका थिए । सन्दीप २०२० पहिलो संस्करणको द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए ।
तर भिसा समस्याका कारण सन्दीप इंग्ल्यान्ड पुगेर क्वारेन्टाइन बसेर मात्र फर्कनु परेको थियो । सन्दीपले त्यहाँ पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न पाएका थिएनन् ।
प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् ।