नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक दिउँसो १ बजे बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक  दिउँसो १ बजे बस्ने

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीले जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

नेकपा एकीकृत समाजवादी राजनीतिक समिकरण फेरिएसँगै सरकारमा जाने तयारीमा छ  ।