भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो

काठमाडौं - जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेर साथमा रहेको नगद किस्ता असुल गरेको झोला सहित भागेको पाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिए ।

‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति रहेछ । सोही क्रममा मंगलबार लघुवित्तका कर्मचारी किस्ता उठाउन गएको ठाउँमा दुई जना व्यक्ति आएर कर्मचारीलाई कालोमोसो दलेर किस्ता असुल गरेको रजिस्टर र नगद सहित भागेका हो,’ डीएसपी रोक्का भन्छन्, ‘हामीले घटानको अनुसन्धान सुरु गरिसकेका छौं । ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’