प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६० दिन अगाडि
प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता

विराटनगर - प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।

नेकपा एमालेले कोसी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।