वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पठाए पत्र

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पठाए पत्र

काठमाडौँ - राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन् । पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् । 

यसअघि पार्टीले सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ । यही फागुन २५ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका सांसद तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ रहेका छन् ।