एमालेले राष्ट्रपतिमा माग्यो राष्ट्रिय स्वतन्त्र पार्टीको सहयोग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
एमालेले राष्ट्रपतिमा माग्यो राष्ट्रिय स्वतन्त्र पार्टीको सहयोग

काठमाडौँ - नेकपा एमालेले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहयोग मागेको छ । 

बिहीबार रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी कार्यालय बसुन्धरामा भेटेर एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग मागेको हो । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले लामिछानेलाई भेटेर    राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् । 

नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् । यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमाले नेताहरुले  नेम्वाङको पक्षमा मत मागेका थिए ।