रास्वपाको मत सुवास नेम्वाङले पाउने योगेश भट्टराईकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
रास्वपाको मत सुवास नेम्वाङले पाउने योगेश भट्टराईकाे भनाइ

काठमाडौँ -  नेकपा एमालेका नेताहरुले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत सुवासचन्द्र नेम्वाङको पक्षमा आउनेमा विश्वस्त भएका छन् । 

बिहीबार रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुसँगको भेटवार्तापछि एमाले सचिव योगेश भट्टराईले रास्वपाको मत नेम्वाङको पक्षमा पर्ने बताएका हुन् । 

‘रास्वपाका अध्यक्षले आफ्नो पार्टी छलफलमा रहेको र केही समय हामी सहकार्यमा समेत रहेको हुनाले एकअर्कालाई बुझेका छौ । सुवास नेम्वाङजत्तिको व्यक्तित्व मुलुकले कमै पाउँछ । यो एउटा मौका हो भन्नुभएको छ’, सचिव भट्टराईले भने, ‘उहाँको भनाइ र बडी ल्याङ्वेजबाट हामी यो बुझ्छौं कि राष्ट्रपतिमा रास्वपाको मत सुवास नेम्वाङले पाउनुहुन्छ ।’  

भेटमा एमाले नेताहरुले ३२ वटा दलहरु भएको संविधानसभाकालमा समेत सबै दललाई मिलाएर संविधान जारी गर्न सफल नेम्वाङलाई मत दिन आग्रह गरेका थिए ।